Header Ads

लकडाउन खुकुलो भएसँगै काठमाडौँमा बढ्यो चहलपहल, कतै ट्राफिक जाम

काठमाडौँ, २८ वैशाख । सरकारको पछिल्लो समय लकडाउन खुकुलो पारेसँगै काठमाडौँमा सवारी साधनहरुको आवतजावत बढ्न थालेको छ ।

उपत्यकामा सवारी साधनहरुको चाप बढेपछि आइतबारदेखि टाइम कार्ड लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी कार्यालयका सवारी विहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू भएको जनाए ।

त्यसैगरी, बैंक तथा वित्तिय क्षेत्रका व्यक्तिहरुले दिउँसो ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने र अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीहरुले बिहान १० बजेभित्र गरिसक्नुपर्ने नियम लागू भएको ढकालले बताए । निर्माण क्षेत्रका सवारीहरुलाई राती ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए ।

यसका बाबजुद पनि काठमाडौँका कतिपय स्थानहरुमा आइतबार ट्राफिक जाम भएका दृश्यहरु देखिएका थिए ।


Powered by Blogger.