काठमाडौँ उपत्यकामा शुक्रबारदेखि लकडाउन थप कडा गरिने
काठमाडौँ, १ जेठ । काठमाडौँ उपत्यकामा लकडाउन कडाइ गर्न लागिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि उपत्यकामा शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको हो ।
बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको गृह मन्त्रालयले जनाएको छ । भोलिदेखि लकडाउन कडा गरिने जनाइएको छ ।
चेकिङ कडा गर्ने, उपत्यका भित्रने र बाहिरिने नाकाहरूमा थप कडाइ गर्ने जनाइएको छ ।
त्यस्तै, कोरोनाविरुद्धको लडाइँमा एकजुट भएर अघि बढ्न तथा स्थानीय भित्री सडकहरुमा पनि चेकिङ कडा गर्न गृह मन्त्रालयलाई स्थानीय तहले आग्रह गरेका छन् ।
गृह मन्त्रालयले आजैदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्काे जिल्लामा जान र काठमाडौँ आउन पनि कडाइ गरिसकेको छ ।
त्यस्तै, ४२ उद्योगहरु खोल्न गरिएको यस अघिको निर्णयमा पुनर्विचार गर्न पनि गृहमन्त्रालयलाई सरोकारवालाले आग्रह गरेका छन् ।
नेपालमा पछिल्लो तथ्यांकसहित २४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।