लकडाउनमा दुर्व्यसनीलाई घर नै सुधारगृह, दुई महिनामा एउटा पनि लागुऔषध कारोबारी पक्राउ परेनन्
काठमाडौं, १२ जेठ । कोरोना संक्रमण रोक्न विश्वव्यापी रूपमै लागू गरिएको लकडाउनले जनजीवन अस्तव्यस्त छ । तर, यसका केही सकारात्मक पाटो पनि छन् । त्यसमध्ये एक हो, लागुऔषध कारोबारमा नियन्त्रणमा र दुर्व्यसनीहरूमा सुधार ।
लकडाउनले लागुऔषधको कारोबार पनि केही हदसम्म नियन्त्रण भएपछि धेरै दुव्र्यसनीलाई घर नै सुधारगृह बनेको प्रहरी अधिकारी बताउँछन् । लकडाउन दुर्व्यसनीलाई सुध्रने तथा परिवारले सुधार्ने मौका भएको प्रहरीको भनाइ छ ।
नेपालमा दुर्व्यसनीले प्रयोग गर्ने सबैजसो लागुऔषध भारतबाट हुँदै आएको छ । सीमा बन्दका कारण लागुऔषध नआएको र लकडाउनका कारण खरिद–बिक्री पनि हुन नसकेकाले दुर्व्यसनीले लागुऔषध प्रयोग गर्न पाएका छैनन् । लामो समयसम्म लागुऔषध सेवन नगरे उनीहरू कुलतबाट मुक्त हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
लकडाउनको दुई महिनाको अवधिमा उपत्यकामा कोही पनि लागुऔषध कारोबारी पक्राउ नपरेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ठूला किमिसका लागुऔषध कारोबारीलाई ब्युरोले पक्राउ गर्दै आएको छ । लकडाउनमा लागुऔषधको कारोबार धेरै घटेको ब्युरोका प्रमुख एसएसपी दिलीप चौधरीको भनाइ छ ।
‘नेपालमा मुख्य गरी लागुऔषध आउने भारतबाटै हो, अहिले लकडाउनका कारण कारोबार भएको छैन, सम्भावित कारोबारबारे हामीले सूचना संकलन गरिरहेका छौँ,’ उनले भने ।
नेपालमा ९० प्रतिशत दुर्व्यसनीले औषधिजन्य लागुऔषध प्रयोग गर्छन् । डाइजेपाम, नाइट्रोजन, फेनारगन, ट्रामाडोलजस्ता लागुऔषध सिरिन्जमार्फत प्रयोग गर्दै आएको पाइन्छ ।
तुलनात्मक रूपमा यस्तो लागुऔषध सस्तो भएकाले यसका प्रयोगकर्ता धेरै छन् । लागुऔषध दुर्व्यसनीलाई सुधारगृह चलाउँदै आएका पूर्वएसएसपी वसन्त कुँवर नयाँ–नयाँ लागुऔषध दुर्व्यसनीका लागि लकडाउन सुध्रिने अवसर भएको बताउँछन् । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।