Header Ads

कपिलवस्तु पुरै जिल्ला जेठ ५ गतेसम्म सिल

काठमाडौँ, २९ वैशाख । कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय गरिएको छ ।

 जिल्लामा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि जिल्ला सुरक्षा समिति बैठकले सोमबार ५ बजेबाट सिल गर्ने निर्णय गरेको हो ।

भारतबाट लुकिछिपी आउने क्रम पनि बढीरहेको छ । त्यस्तै, २ हजार मानिसहरुले सीमा नाकामा रहेका छन् ।

जिल्लामा भारतबाटै आएकाहरुमा कोरोना संक्रमण देखिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने भएको हो ।

कपिलवस्तुमा सोमबार मात्रै १० जना नयाँ संक्रमित फेला परेका छन् । अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै साधनहरुमा प्रतिबन्ध लगाइने छ ।

त्यस्तै, दैनिक उपभोग्य सामान किन्न विहान ७ बजेदेखि ९ बजेसम्मको समय छुट्याइएको छ ।

Powered by Blogger.