पशुपतिमा रहेको विद्युतीय शव दाह गृह भोलिदेखि खुल्छ, किरियापुत्री घर खोल्नेबारे अन्यौल
काठमाडौं, १० जेठ । पशुपति क्षेत्रमा रहेको देशको एकमात्र विद्युतीय शव दाह गृह भोलि आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
सिन्धुपाल्चोककी कोरोना सङ्क्रमित महिलाको शव जलाएको दिनदेखि शव दाह गृह बन्द भएको एक हप्ता भएको छ । शव जलाउने तयारीसहित शव दाह गृहलाई ‘स्यानिटाइज’ गरिसकिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
पशुपतिको आर्यघाट क्षेत्रका सबै चितामा शव जलाउने काम भने यथावत् छ । ‘कोरोना सङ्क्रमितको शव विद्युतीय शवदाह गृहमा जलाइएकोले त्यसबाट अरुमा सङ्क्रमण नसरोस् भनेर सतर्कता अपनाइएको हो,’ कोषका निर्देशक एवम् प्रवक्ता भोला सिटौलाले भन्नुभयो, ‘घाट क्षेत्रका चिताहरुमा भने नियमित नै शवहरु जलाइएका छन् ।’
किरियापुत्री घर खोल्नेबारे अन्यौल
कोरोना सङ्क्रमित महिलाको शव जलाएको दिनदेखि पशुपति क्षेत्रमा रहेको किरियापुत्री घरमा नयाँ भर्ना लिन छाडिएको छ ।
पहिलेका किरियापुत्रीहरु त्यस घरमा रहेको तर नयाँ भर्ना नलिइएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपति क्षेत्रमा रहेका ३४ वटा कोठामध्ये धेरैजसोमा त्यसभन्दा पहिलेदेखि किरियापुत्रीहरु बसिरहेका छन् ।
बाँकी केही कोठामा भने सङ्क्रमित महिलाको शव जलाउने व्यक्तिहरुलाई राखिएको छ । उनीहरुमा कोरोना सङ्क्रमण भए अरुमा पनि सङ्क्रमण सर्ने डरले केही समयका लागि किरियापुत्री घरमा नयाँ भर्ना बन्द गरिएको कोषले जनाएको छ ।
थप सतर्कता अपनाएर केही दिनमा किरियापुत्री घर खोल्ने निर्णय गरिने तर कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने कार्यकारी निर्देशक खतिवडाको भनाइ छ ।