Header Ads

दीपकराजले भने : यो वर्ष ‘छक्का पन्जा-४’ नबन्ने, नयाँ टिमसँग काम गर्ने तयारीमा

काठमाडाैं, २० वैशाख ।  दशैंलाई रिलिज मिति तय गरिएको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिजको निर्माण तत्कालका लागि स्थगित गरिएको  जनाएको छ । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले यो कुराको पुष्टि गरेका हुन् ।


दीपकका अनुसार कोरोना भाइरसको कारण विश्वको बजार नै कमजोर भएकाले पनि ‘छक्का पन्जा ४’ निर्माणको काम स्थगित गरिएको हो ।

उनले भने– छक्का पन्जा-४ को कथा ठूलो क्यानभासमा निर्माण गर्नुपर्ने हुन्छ । यसपटक ३ करोड हाराहारीको लगानी छ । त्यसैले पनि ओभरसिज र नेपालकै बजार पनि कमजोर भएको अवस्थामा चलचित्र बनाउने निर्णय सही हुने देखेनौँ । उनले भने– छक्का पन्जा-४ को कथा लकडाउनमा लक गरेर राख्ने निर्णय भयो ।

उनका अनुसार यो वर्षको अन्तिम साता रिलिज गर्ने तयारीका साथ नयाँ कथामा चलचित्र बनाउने तयारी सुरु भएको छ । यसका लागि दीपकको टिमले कथा सुन्न थालेको छ ।
Powered by Blogger.