Header Ads

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

काठमाडौं, २४ वैशाख । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

 यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
 
Powered by Blogger.