Header Ads

नेपालमा थप १६६ जनामा कोरोना, संक्रमितको संख्या साढे १५ सय नाघ्यो

काठमाडौँ, १८ जेठ । नेपालमा थप १ सय ६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो तथ्यांकअनुसार १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।


त्यस्तै, प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म देशभर क्वारेन्टाइनमा १ लाख १९ हजार १ सय ९२ जना रहेको जनाएका छन् भने १ हजार ३ सय ४९ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, आइतबार थप १ जना संक्रमित निको भएका छन् यससँगै निको हुनेको संख्या २ सय २० जना पुगेको छ । जसमा १७२ जना पुरुष र ४८ जना महिला छन् ।

चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौँडाकी २५ वर्षीय युवती डिस्चार्ज भएकी छन् ।
Powered by Blogger.