कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अपनाऔँ यस्ता सावधानी
काठमाडाैं, २९ वैशाख । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको सम्पर्कमा आएका अन्य बिरामी र परिवारलाई पनि सर्छ । त्यसैले उनीहरूले निम्न विषयमा ध्यान दिनुपर्छ ।
-प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्छ । बिरामीको उपचारमा खटिँदा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अनिवार्य लगाउनुपर्छ ।
-विश्व स्वास्थ्य संगठनको मादण्डको पिपिईले कोरोना भाइरसलाई शरीरभित्र जान रोक्छ । यसमा गाउन, एन–९५ मास्क र पन्जा हुन्छन् ।
-बिरामीले पनि पिपिई नलगाएका चिकित्सकसँग जाँच गर्न नजाँदा उत्तम हुन्छ । कोरोना संक्रमणमा परेको बिरामीबाट चिकित्सकहरू पनि जोखिममा पर्छन् । त्यसैले चिकित्सक र बिरामी दुवैले पर्याप्त सावधानी अपनाउनुपर्छ ।
-कोभिड–१९ का बिरामीको उपचारमा खटिएका चिकित्सकका लागि केही नियम बनाइएको छ । चिकित्सकले दिनमा चार घन्टाभन्दा बढी काम गर्नु हुँदैन । हरेक स्वास्थ्यकर्मीले एक साता काम गरेपछि सेल्फ क्वारेन्टाइनमा बस्न आवश्यक छ । कोभिड–१९ का कारण स्पेन र इटालीका स्वास्थकर्मीको मृत्यु हुनुको प्रमुख कारण भाइरल लोड उच्च भएर रहेको खुलेको छ ।
-अस्पतालमा चिकित्सक मात्र होइन, अन्य कर्मचारी पनि कोभिड–१९ को जोखिममा हुन्छन् । त्यसैले उनीहरूले पनि पर्याप्त सावधानी अपनाउनु आवश्यक रहेको विज्ञहरूले बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार लेखेकाे छ ।