देशभर गरिएको कोरोना भाइरस परीक्षणमा आज कुनैपनि नयाँ व्यक्तिमा संक्रमण फेला परेनन्
काठमाडौं, २५ वैशाख । देशभर गरिएका कोरोना भाइरस परीक्षणमा आज कुनै पनि नयाँ व्यक्तिमा संक्रमण फेला परेको छैन् ।
गत २४ घण्टा यता १ हजार ४ सय ५१ वटा नयाँ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसरी कोरोना संक्रमण फेला परेका व्यक्तिको संख्या हालसम्म ९९ नै छ ।
तीमध्ये २२ जनालाई निको भई अस्पतालबाट घर पठाइएकोमा फलोअप परीक्षणमा ३ जनामा पुनः कोरोना पोजिटिभ पाइएपछि उहाँहरूलाई हिजैदेखि अस्पतालमा आइसोलेशनमा राखी उपचार भैरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १४ हजार ५ सय ९ जनाको पिसिआर परीक्षण र ५४ हजार ९३ जनाको द्रुत विधिबाट परीक्षण गरिसकिएको छ ।
यसैगरी हाल १ सय ३३ जना आइसोलेशनमा रहेका छन् भने क्वारेन्टाइनमा रहेकाहरूको संख्या १७ हजार ३ सय ७२ रहेको छ ।