थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो
काठमाडौं, ३ जेठ । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
८ जिल्ला रहेको प्रदेश २ को सिरहामा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेका छन् । शनिबार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको जानकारीअनुसार हालसम्म संक्रमितको संख्या २७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया नार्खु–११ की २८ बर्षिया महिला, सिरहा सखुवा–११ का ३० बर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ का २८ र ३० बर्षिय पुरुष, सर्लाही रामनगर–४ की १८ बर्षिया महिला र चितवन गढौली–१ की २५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरूको स्वास्थ्य सामान्य रहेको र उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण २ नम्बर प्रदेशका सबै जिल्लामा देखिएको छ । यसअघि सिरहाबाहेकका जिल्लामा कोरोना संक्रमित देखिएका थिए । सबैभन्दा धेरै पर्सा जिल्लामा देखिएका छन् ।


