Header Ads

१५६ नयाँ सङ्क्रमित थपिए, जम्मा संक्रमित १,०४२ पुगे, अहिलेसम्म १८७ घर फर्किए

काठमाडौँ, १५ जेठ । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जिल्लामा १५६ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

नयाँसँगै सङ्क्रमितको सङ्ख्या एक हजार ४२ पुगेको छ । आज देखिएका सङ्क्रमितको सङ्ख्या एकै दिन देखिएको अहिलेसम्मकै सबभन्दा धेरै हो । यसअघि बुधबार पनि ११२ जनामा सङ्क्रमण देखिएको थियो ।

सोलुखुम्बु र दोलखामा आज नयाँ सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमति भएका जिल्ला अहिलेसम्म ५१ पुगेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण देखिएकामध्ये ९४० र महिला १०२ जना रहेका छन् । अहिले सम्म जम्मा संक्रमित १,०४२ पुगेको छ  ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ जना पुरुष छन् । यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १६ वर्षदेखि ४२ वर्षसम्मका २५ जनामा सङ्क्रमण देखिएको छ ।

भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षका एक जनामा सङ्क्रमण देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोशगालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । तीमध्ये धनुषाका २९ जना रहेका छन् । चार वर्षीया बालिका र आठ वर्षीय बालक तथा १४ देखि ७० वर्ष उमेर समूहका २५ पुरुष र दुई महिला छन् ।  महोत्तरीका १७ जना रहेका छन् । तीमध्ये ४५ वर्षीया एक महिला र पुरुष १६ जना १५ देखि ४५ वर्ष उमेर समूहका छन् ।

रौतहटका तीनजना पुरुष १२ देखि ३० वर्ष उमेर समूहका, सप्तरीका १२ जना पुरुष १८ देखि ४२ वर्ष उमेर समूहका, सर्लाहीका सातजना पुरुष सातदेखि ३२ वर्ष उमेर समूहका र सिराहाका छ जना पुरुष १४ देखि ४० वर्ष उमेर समूहका छन् । यसैगरी दोलखाका दुईजना १९ र २० वर्षका पुरुष रहेका छन् । सोलुखुम्बुका २६ वर्षका पुरुष र बझाङका ५५ वर्षका पुरुष रहेका छन् ।

यसैगरी सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको छ । बझाङका एकजना पुरुष ३४ वर्षका, सुर्खेतमा १३ जना रहेका छन् । सुर्खेतमा दुई पाँच वर्षीया बालिका रहेका छन् । अन्य ११ देखि ३७ वर्ष उमेर समूहका सातजना पुरुष र २२ देखि ३९ वर्ष उमेर समूहका चारजना महिला छन् । तीमध्ये एकजना बोल्न नसक्ने महिला रहेकी छन् ।

दैलेखमा आठ जना रहेका छन् । एक जना २० वर्षीया महिला र सात जना १७ देखि ४० वर्षीय पुरुष रहेका छन् । यसैगरी प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको छ । ती स्याङ्जा घर भएका ३९ वर्षीया महिला तथा २२ र २३ वर्षका पुरुष छन् । सेती अस्पतालको प्रयोगशालाको परीक्षणमा थप तीन जनामा सङ्क्रमण देखिएको छ ।

दार्चुलाका एक जना २५ वर्षीय पुरुष र कैलालीका दुई जना २५ र ३० वर्षीय पुरुष रहेका छन् । किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवापुरका एक जना ५० वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ । भेरी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा चार पुरुषमा संक्रमण देखिएको छ । तीमध्ये नेपालगञ्जका एक जना २८ वर्षका र बर्दियाका तीन जना पुरुष २५ देखि ३४ वर्षका उमेरका छन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये रौतहटका आठ वर्षीया बालकदेखि ४० वर्षका पुरुष रहेका छन् । सङ्क्रमति व्यक्तिमध्ये प्रदेश नं. १ का आठ जिल्लाका १२९, प्रदेश नं २ का सबै आठ जिल्लाका ४१५, वाग्मती प्रदेशका १२ जिल्लाका ४४, गण्डकी प्रदेशमा चार जिल्लाका १७, प्रदेश नंं ५ का नौ जिल्लाका ३६९, कर्णाली प्रदेशमा तीन जिल्लाका ४७ र सुदूरपश्चिम प्रदेशका सात जिल्लाका २१ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले अहिलेसम्म १८७ जना डिस्चार्च भई घर फर्किएका छन । प्रदेश नंं १ मा ३०, प्रदेश नं २ मा १०१, प्रदेश नं. ३ मा ११, गण्डकी प्रदेशमा दुई, प्रदेश नं. ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा पाँच जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म पिसिआर परीक्षण ६० हजार ६९६ र आरडिटी एक लाख दुई हजार ३४ जनामा गरिएको छ । गत २४ घण्टामा पिसिआर दुई हजार ४१९ र आरडिटी सात हजार ७४७ जनामा गरिएको छ । यसैगरी क्वारेन्टिनमा ४६ हजार ५७ जना र आइसोलेसनमा ८५० जना रहेका छन् ।
Powered by Blogger.