काठमाडौं आउजाउ गरिरहन्थे ककनीका कोरोना संक्रमित, एम्बुलेन्स नपाएपछि आफैँ बाइक चलाएर अस्पताल आए
काठमाडौं, ११ जेठ । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । ककनी गाउँपालिकाका ती कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहने व्यक्ति भएको खुलेको छ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा भन्छन्, ‘उहाँ वडा नं. ३ का स्थानीय बासिन्दा हुनुहुन्छ । पछिल्लो समय कामले काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो ।’
स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमित व्यक्ति ३९ वर्षीय पुरुष हुन् । उनलाई टेकु अस्पताल पठाउने तयारी भइरहेको बताए । आइतबार संक्रमण पुष्टि भएका संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका छन् ।
उनलाई आइतबार बिहान ११ बजे कोरोना संक्रमण पुष्टि भएको खबर आएको थियो । अस्पताल जान तयार भएर बसे पनि एम्बुलेन्स नआएपछि आइतबार साँझ उनी आफैँ मोटरसाइकल चलाएर टेकु अस्पतालतर्फ गएका गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।
बिहीबार मुलुकभर थप १९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६ सय नाघेको छ ।