भारतबाट आएको भाइरस अलि कडा
काठमाडाैं, ७ जेठ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको बताए । ‘अरूमा संक्रमण हुन नपाओस् भनेर उच्च सतर्कता अपनाउने, सकेसम्म बढी परीक्षण गर्ने, बढी भरपर्दाे ढंगले परीक्षण गर्ने, क्वारेन्टाइनको व्यवस्था गर्ने, क्वारेन्टाइनलाई अझै प्रभावकारी बनाउने कामहरू गर्दै छौँ,’ उनले भने ।
बाहिरबाट मानिस भित्रिरहेकाले देशैभरि क्वारेन्टाइन थप्न लागिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘बाहिरबाट आएकाहरू, त्यसले पारेको प्रभाव र अरू आउन सक्ने सम्भावनालाई ख्याल गर्दै वडा–वडामा क्वारेन्टाइन बनाउने काम अघि बढाएका छौँ । अरू देशबाट आएको नरम देखिएको थियो । तर, भारतबाट आएको अलि कडा भाइरस देखिएको छ ।’
कोरोनाका कारण वा कोरोना संक्रमित भएको अवस्थामा ज्यान गुमाउनु नपरोस् भनेर सरकारले प्रयास गरे पनि सफल हुन नसकिएको उनको भनाइ थियो । कोरोनाबाट दुईजनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाभन्दा पनि अन्य कारणले मृत्यु भएको हुन सक्ने शंका जनाए ।
भारतबाट लुकेर पनि आइरहेकाले गम्भीर हुन सक्ने उनको भनाइ थियो । ‘अहिले भारतबाट संक्रमित भएर आउने संख्या अत्यन्तै ठूलो छ । र, ती व्यक्तिहरू कोही लुकेर बसिदिने, कोही पत्ता लाग्न गाह्रो हुने, कोही खुरुखुरु घर गइदिने, कोही समुदायमा मिसिएर बस्नेजस्ता कुराहरूले यो अवस्था अलि गम्भीर बन्ने हुन सक्छ,’ उनले भने ।
बाहिरबाट आउने मानिसलाई रोक्न नसकेपछि संक्रमण फैलिनबाट रोक्न सकिने उनको भनाइ थियो । ‘कोरोना मुक्त गर्ने लक्ष्यका साथ अघि बढेको थियौँ, तर बाहिरबाट आउनेक्रमलाई रोक्न सकिएन । जनताका कारण सकिएन, जनप्रतिनिधिको दबाबका कारण पनि रोक्न सकिएन । सिमाना आएर बस्नेहरूको कारणले पनि रोक्न सकिएन । जसले गर्दा हामी भयावह स्थितितर्फ जानुपर्ने हो भन्ने स्थिति देखापरेको छ,’ उनले भने, ‘रोक्न नसक्ने स्थिति होइन । तर, कहाँबाट, कसरी सर्योे भनेर ट्रेसिङ गर्न सकेका छौँ । त्यसकारण हामी यसलाई अझै पनि कन्ट्रोल गर्न सक्दछौँ ।’
लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको उनको जिकिर थियो । ‘जब नेपालमा प्रवेश गर्यो, तब लकडाउन गर्यौँ । त्यसले गर्दा लामो समय फैलन पाएन, पछि फैलियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसभित्रमा राजनीति गर्न खोज्ने, खेल्ने र सरकारको असफलता देखाउन खोज्ने त्यसप्रकारका प्रतिक्रियालाई छाडेर आमजनताबाट हामीले व्यापक समर्थन प्राप्त गर्यौँ ।
र, सफलताको साथ अघि बढ्यौँ । हाम्रो नीति तथा कार्यक्रममा कोरोनालाई महत्व दिएका छौँ । यसलाई नियन्त्रण र निर्मूल गर्न र कोरोनामुक्त नेपाल पहिलो प्राथमिकता हो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।