Header Ads

विश्वभरि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार, आधा कराेड संक्रमित

लण्डन, ७ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ५ सय ३५ जना पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । प्रत्येक दिन एक लाखको हाराहारीमा संक्रमित संख्या बढिरहेको छ । बुधबार बिहानसम्म विश्वभर ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित भएका छन् ।

अबको केही घन्टामा संक्रमित संख्या आधा करोड पुग्ने देखिन्छ । सबैभन्दा बढी अमेरिकामा १५ लाख ७० हजार संक्रमित र मृतक संख्या ९३ हजार ५ सय पुगेको छ । दोस्रो स्थानमा रुस रहेको छ । त्यहाँ २ लाख ९९ हजार संक्रमित र मृतक संख्या २८ सय ३७ छ ।

स्पेनमा २ लाख ७८ हजार पुगेको छ । कोरोना रोकथामलाई बेवास्ता गर्दा ब्राजिल अहिले चौंथो स्थानमा पुगिसकेकाे छ । त्यहाँ २ लाख ७८ हजार संक्रमित भएका छन् ।

संक्रमितमध्ये मृतक संख्या २७ हजार ७ सय पुगेको छ । बेलायमा २ लाख ४८ हजार, इटालीमा २ लाख २६ हजार पुग्दा भारतमा १ लाख ६ हजार पुगेको छ । यसरी विश्वभर कोरोना भाइरसको महामारी भयावह बन्दै गइरहेकाे छ ।
Powered by Blogger.