Header Ads

कोरोना संक्रमितको संख्या २६७ पुग्यो, शुक्रबार १८ जना थपिए

काठमाडौं, ३ जेठ । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।

शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६७ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो ।

बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६  वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म ३६ जना  निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुन: पोजेटिभ देखिएको छ ।

हालसम्म २३ हजार ९२३ पीसीआर टेस्ट भएको छ भने ६३ हजार ०८५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ ।
Powered by Blogger.