Header Ads

बागलुङका ६ संक्रमितलाई १०० किमी टाढाको धवलागिरी अस्पताल लगिंदै

बागलुङ, १४ जेठ । जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धवलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ ।

भारतबाट आएका छ जनामा कोरोना सङ्क्रमण भएको आज पुष्टि भएको छ । पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टिनमा बसेका छ जनाको नमूना परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो ।

जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका दुई र तमानखोला गाउँपालिकाको धनगौज्योति मावि क्वारेन्टिनमा रहेका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको स्वाबको नमूना परीक्षण गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरेको थियो ।

तमानखोलाको धनगौज्योति माविमा रहेका चार जनामा सङ्क्रमण देखिएपछि उपचारका लागि धवलागिरी अस्पताल बागलुङ पठाउने तयारी भइहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

बडिगाडको त्रिभुवन माविका दुई जनालाई पनि धवलागिरि अस्पताल ल्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । सङ्क्रमित तमानखोला–३ तमानका चार र बडिगाड–८ दर्लिङका दुई जना हुन् ।

बागलुङबाट बुधबार पठाइएका ९२ स्वाबमध्ये केहीको मात्रै रिपोर्ट आएको छ । तीमध्ये छ जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ । कोरोना सङ्क्रमण भएको खबर पाएपछि उनीहरुको उपचारका लागि धवलागिरी अस्पतालले आवश्यक तयारी थालेको छ । बाँकी बिस्तृतमा नयाँपेजमा हेर्नुहोस् !
Powered by Blogger.