स्वास्थ्यमन्त्री ढकालको कोरोना संक्रमितसँग जम्काभेट, अब रिपोर्ट कस्तो आउने हो ? परिक्षण गर्न स्वाब टेकुमा पठाइयो
काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको एक जना कोरोना संक्रमितसँग जम्काभेट भएपछि उनको पनि पिसीआर परिक्षणका लागि स्वाब निकालिएको छ ।
मन्त्री क्वार्टर पुल्चोकको सेल्फ आइसोलेशनमा रहेका ढकाल रिपोर्ट नआउँदासम्म बाहिर निस्कने छैनन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री ढकालसँग जम्काभेट भएका व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ आएपछि पिसीआर परिक्षण गर्न स्वाब टेकुमा पठाइएको छ ।
रिपोर्ट नआउँदासम्म मन्त्री ढकाल मन्त्रालयका कुनै पनि काम, मन्त्रिपरिषदको बैठक र संसद बैठकमा उपस्थित हुन पाउने छैनन् ।-दैनिक नेपाल