Header Ads

आर्थिक वर्ष २०७७–०७८ को बजेट: सुन र मदिरामा कर बढ्यो, साना उद्योगीलाई मालामाल

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमार्फत  हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्ने भन्सार महसुल वृद्धि गरेका छन् ।

बजेटले चुरोटमा कर बढाएको छ भने  गैरकर राजस्वको दर पनि पुनरावलोकन गरेको छ । विदेशबाट आयात हुने मदिराको कच्चा पदार्थमा भन्सार बढाएको छ । सरकारले चुरोट, गुट्का र खैनीमा भने करको दर बढाएको छ ।

बजेटले  नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लगाएको छ ।

साना उद्योेगीको घट्यो 

बजेटमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने  घरेलु, साना तथा मझौला उद्योगी (एसएमइ)लाई ७५ प्रतिशतसम्म कर छुट दिएको छ । त्यसैगरी २० लाखदेखि ५० लाखसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्ने एसएमईलाई २५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ ।

यस्तो कर छुट ७ वर्षको लागि र महिलाले संचालन गरेका एसएमईको लागि भने १० वर्षसम्म कर छुट दिइने भनिएको छ ।

व्यक्तिगत आयकर यथावत 

सरकारले व्यक्तिगत तर्फ आयकरमा दिने छुटको सीमामा भने परिवर्तन गरेको छैन ।

अहिले व्यक्तिगत आयकर तर्फ अविवाहित व्यक्तिले ४ लाख र विवाहितले साढे ४ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्छ । त्यसपछिको थप १ लाख आम्दानीमा १० प्रतिशत कर लाग्छ ।

त्यसपछि ५ लाखसम्मको आम्दानीमा ५ प्रतिशत कर लाग्छ । ५ देखि ७ लाखसम्मको आम्दानीमा २० प्रतिशत कर लाग्छ । ८ देखि २० लाखसम्मको २० प्रतिशत कर लाग्छ । २० लाखभन्दा बढीको आम्दानीमा ३६ प्रतिशत कर लाग्छ ।
Powered by Blogger.