Header Ads

क्वारेन्टाइनमा टिकटक बनाउने सात जनाविरुद्ध मुद्दा दर्ता

नयाँदिल्ली, २३ वैशाख । कोरोना भाइरसको सङ्क्रमणको कारण रेज जोनु आउने परेको भारतकाे ओडिशाको भद्रक जिल्लाको तिहाडीमा बनाइएको क्वरेन्टाइन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

 उनीहरूले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लंघन गर्दै टिकटकको भिडियो बनाएका थिए ।

स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

 उनीहरूले क्वरेन्टाइन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 साथै समाचारमा पनि यसको चर्चा भइरहेको छ ।

 भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ ।

 स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।

Powered by Blogger.