Header Ads

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १२ लाख संक्रमित

काठमाडौं, २६ वैशाख । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्यु जर्सीमा ८ हजार ८०७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।


अमेरिकामा हालसम्म कूल संक्रमितको संख्या १२ लाख ५६ हजार ७८१ पुगेको छ ।

जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

अमेरिका हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।
Powered by Blogger.