स्वयम्भूको प्रहरी बिटमै सुतेका असई मृत फेला, शव पोष्टमार्टम गर्न लगियो
काठमाडौं, ११ जेठ । काठमाण्डौमा एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन् ।
प्रहरी बिट, स्वयम्भूमा कार्यरत असई विष्णु कार्कीको शव कन्चटमा गोली लागेको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुबेदीले जानकारी दिनुभयो ।
कार्की प्रहरी बिटमै सुत्ने गरेको र गोली लागेर ज्यान गएको अवस्थामा आज बिहान उहाँलाई भेटिएको डीएसपी सुबेदीले जानकारी दिनुभयो । दोलखा घर भएका कार्की २०७५ सालदेखि कार्यरत हुनुहुन्थ्यो ।
उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । कार्कीको कन्चटमा गोली लागेको देखिएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले प्रारम्भिक अनुसन्धानमा असई कार्कीले प्रारम्भिक अनुसन्धानमा कार्कीले आफूलाई आफैंले गोली हानेको हुनसक्ने देखिएको बताएका छन् ।