Header Ads

‘मिठो मुस्कानको बाण हान्यौँ’ भन्दै आए चर्चित गायक प्रमोद र अस्मिता (भिडियो सहित)

काठमान्डौ । परदेशमा रहेर पनि नेपाली गीत संगीतमा हरदम लागी परिरहनु भएका गीतकार सुमन कार्कीको “मिठो मुस्कानको बाण हान्यौँ, पिरतीको धनुष चलायौ” बोलको गीत सार्बजनिक गरिएको छ ।

 गीतकार कार्की बिगत लामो समयदेखि इजरायलमा कार्यरत छन् । परदेशमा रहेर पनि गीतकार कार्की नेपाली गीत सँगीत, साहित्य सिर्जनामा कलम चलाईरहन्छन् ।

 गीतकार कार्कीका धेरै गीतहरु नेपाली गीत सँगीतको आकाशमा चर्चामा आएका छन् । कार्कीले लेख्नु भएको गीतले नेपाली चलचित्रमा समेत समाबेस पाईसकेका छन् ।

 सम्राट क्रेसन नामक युट्युब मार्फत सार्बजनिक गरिएको उक्त गीतको भिडियोलाई इश्वर सिंकमेनले छायांकन गर्नुभएको हो ।

 ‘मिठो मुस्कानको बाण हान्यौँ,’ बोलको उक्त गीतमा मेल ब्वाइसमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ भने फिमेल ब्वाइसमा अस्मिता क्षेत्रीको सुमधुर आवाज रहेको छ ।

उक्त गीतमा संगीत बसन्त सापकोटाको रहेको छ भने छायांकन इश्वर सिंकमेनले गरेका छन् । यस गीतमा समाबेश दृश्यहरु सबै छायांकन काठमान्डौ आसपासमा गरिएको हो, स्मरण रहोस् यस गीतको भिडियो शुट गरिएको भोलि पल्ट नै देशमा लक डाउनको घोषणा भएको थियो ।

 भिडियोमा मोडलदोय महेन्द्र निरौला र अनु पराजुलीको अभिनय रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गर्नुभएको हो ।

 भिडियो हेर्नुहोस् :
Powered by Blogger.