साउदीमा कोरोना सङ्क्रमित तीन जना नेपाली निको भए
काठमाण्डाै । साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् ।
साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । निको भएका तीन जना काममा फर्किएका छन् ।

खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् ।
यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।
खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् ।
जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।
खाडीका देश र मलेसियामा जम्मा १३ हजार ७१५ जना सङ्क्रमित छन् ।
