सन्जय दत्तकी पत्नी र छोराछोरीहरू दुबइमा अड्किए
मुम्बई । बलिउड अभिनेता सन्जय दत्त लामो समयदेखि आफ्नो परिवारबाट टाढिएका छन् । सन्जय मुम्बईमा छन् भने उनकी पत्नी मान्यता दत्त र बच्चाहरू दुबईमा छन् ।
मान्यता र बच्चाहरू दुबई बसेको एक महिनाभन्दा बढी भइसक्यो । कोरोना भाइरस लकडाउनका कारण उनीहरू मुम्बई आउन सकिरहेका छैनन् ।
यसले सन्जयलाई चिन्तामा पारेको छ । ‘लकडाउनभन्दा अघि दुबई गएका थिए । तर अहिले घर फर्केर आउन सकेका छैनन्’, संजयले चिन्ता व्यक्त गरेका छन ।
भारतीय मिडिया वेबसाइट डिएनएमा प्रकाशित समाचारअनुसार सन्जय दत्तले पत्नी र बच्चाहरूसँग दिनदिनै च्याट गर्ने गरेको बताएका छन् ।
‘म दिनदिनै बच्चाहरूसँग फेसटाइम च्याट गर्छु । उनीहरूको चिन्ता सधै रहन्छ’, उनले भने, ‘मैले जीवनको केही समय लकडाउनमा बिताएको छु। पहिले र अहिले सधै म आफ्नो परिवारलाई सम्झिरहेको हुन्छु ।’
‘मेरो लागि मेरो परिवार नै सबथोक हो । यो प्रविधिलाई धन्यवाद दिन चाहन्छु किनभने यसको कारण मैले उनीहरूलाई देख्न सकिरहेको छु । म दिनमा धेरै पटक उनीहरूसँग कुरा गर्छु’, उनले भने, ‘उनीहरूलाई धेरै सम्झिरहेको छु । यो समय यस्तो छ कि यसले जीवनमा परिवारको मूल्य के हो भनेर बताउँछु’, संजयले भनेका छन ।