Header Ads

लकडाउनमा ‘रन्डेभु विथ सम्पदा’ नामक इन्टरनेट कार्यक्रम सुरु

काठमाडौं । लकडाउनको समय आशावादी र रमाइलो बनाउने उदेश्यले ‘रन्डेभु विथ सम्पदा’ नामक इन्टरनेट कार्यक्रम सुरु भएको छ ।

नेपाली टेलिभिजनमा ‘को बन्छ करोडपति’ निर्माण गरेको एसआरबी एन मिडियाले यो कार्यक्रम निर्माण गरेको हो । कार्यक्रम लेखन तथा सञ्चालन सम्पदा मल्लले गरेकी छन् ।

इन्टरनेटको माध्यमबाट प्रसार हुने कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वहरुसँग लकडाउनले जीवनशैलीमा पारेको प्रभावको कुराकानी समेटिनेछ ।

‘लकडाउनले धेरै तनाव र चिन्ता थपिएको छ’ मल्लले भनिन् ‘कार्यक्रमले सबैलाई हाँसो, उत्साह र प्रेरणा दिन प्रोत्साहन दिनेछ ।’

गुन्द्रुक नामक युट्यूब च्यानलबाट हरेक दिन प्रशारण हुने कार्यक्रममा चर्चित व्यक्तित्वहरु दीपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरिका सिंह, आसिफ शाह, सुरजसिङ्ग ठकुरी लगायतको सहभागिता रहेको निर्माण पक्षको भनाई रहेको छ ।
Powered by Blogger.