नजिर : सुनसरीमा बलात्कार, काठमाडौंमा उजुरी
काठमाडाैं, १५ वैशाख । मुलुकी फौजदारी (कार्यविधि) संहिता ऐन, २०७४ अनुसार कुनै पनि अपराधको उजुरी जुनसुकै जिल्लामा तत्कालै दर्ता हुनुपर्छ । अपराध भएको सूचना आउँदा पनि सम्बन्धित जिल्ला जाऊ भन्ने हो भने कानुनी राज समाप्त हुने कानुनविद्हरूको भनाइ छ ।
विगतमा अर्काे जिल्लामा मुद्दा दर्ता भएका धेरै घटना छन् । सिद्धबाबा भनिने कृष्णराज गिरीले आफ्नी अनुयायीलाई सुनसरीको चतरामा बलात्कार गरेको जाहेरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा दर्ता भएको थियो । सिआइबीले जाहेरी दर्ता गरेर सुनसरीमा पठाएको थियो । सोही आधारमा उनलाई पक्राउ गरी सुनसरी प्रहरीले कारबाही गरेको थियो ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले यो घटनाको प्रहरीले जाहेरी दर्ता गर्ने बताए । उनले नयाँ पत्रिकासँग भने, ‘स्थानीय प्रहरी कार्यालयको आ–आफ्नो कार्यक्षेत्र हुन्छ । कार्यक्षेत्रबाहिर भएर आज जाहेरी दर्ता नभएको हुन सक्छ । कार्यक्षेत्र (महोत्तरी) मा पर्ने प्रहरी कार्यालयमा जाँदा जाहेरी दर्ता हुन्छ । जाहेरी दर्ता नभए कानुनी उपचारको व्यवस्था छ ।’
तर, नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल भन्छन्, ‘प्रहरीले नै कानुन कार्यान्वयन गर्दैन भने जनता कहाँ जाने ? यो जाहेरी काठमाडौंमा दर्ता हुनुपथ्र्यो, महोत्तरी नै जानुपर्छ भन्ने थिएन ।’
उनले मुद्दा नचलाउने उद्देश्यले जाहेरी दर्ता नगरिएको हुन सक्ने बताए । ‘सकेसम्म मुद्दा दर्ता नै नगर्ने नियत देखिन्छ । अहिलेकै आरोपी पक्ष सर्वेन्द्र खनाल आइजिपी हुँदा रवि लामिछानेलगायतको उजुरी काठमाडौंमा दर्ता गरेर चितवन लगिएको थियो, अहिले खनालविरुद्ध जाहेरी आउँदा किन दर्ता नहुने ? फौजदारी मुद्दामा त कसैले उजुरी नै नदिई पनि अनुसन्धान गर्नुपर्ने राज्यको कर्तव्य हुन्छ । जाहेरी नै लिन्नँ भन्नु भनेको कानुनी हातमा लिनु हो,’ उनले भने ।
समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटना कानुनी रूपमा पनि पेचिलो बनेको छ । अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र पूर्वआइजिपीको नाम किटान गरिएको उजुरी काठमाडौं प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
उजुरी दर्ता भएमा प्रहरीले आरोपीहरूलाई पक्राउपुर्जी जारी गर्न अदालतमा प्रस्ताव गर्नुपर्छ । अदालतले अनुमति दिएमा पक्राउ गरेर बयान लिने र पर्याप्त प्रमाण नपुगेको भनेर मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गर्न सक्छ । अपहरणको मुद्दामा सरकार नै वादी बन्ने व्यवस्था छ ।
नेपाली कागजमा किटानी जाहेरी लेखेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री र वकिलहरूसँगै आइतबार गएका सांसदको उजुरी काठमाडांै प्रहरीले स्वीकार गरेन । सांसदलाई महोत्तरीबाट ल्याइएकाले काठमाडौंमा उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको हो । तर, मुलुकी अपराध संहिता तथा मुलकी फौजदारी (अपराध) संहिताले कुनै पनि ठाउँमा भएको अपराधको उजुरी कुनै पनि ठाउँको प्रहरी कार्यालयमा दिन सकिने उल्लेख छ । नवराज मैनालीले नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छन् ।