Header Ads

'कोरोनाले प्रेम गीत ३ लाई फाइदा भयो' - सन्तोष सेन, कटप्पाको लूक्स कपि ?...

काठमाडौँ ।  कोरोना संक्रमणबाट बच्नका लागि भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेपछि चैत्र २८ बाट रिलिज हुने भनिएको बर्षकै बहुप्रतिक्षित फिल्म 'प्रेम गीत ३' को रिलिज पनि रोकियो ।

तर, सरकारले हल बन्द गर्ने निर्णय गर्नु अगाडी नै चैत्र २१ सम्मका सबै फिल्मले आफ्नो रिलिज स्थगित गरेका थिए । आफ्नो रिलिज स्थगित गर्नु पर्दा आर्थिक क्षति हुने भन्दै निर्माहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

यस्तैमा, 'प्रेम गीत ३' का निर्माता तथा निर्देशक सन्तोष सेन भने 'प्रेम गीत ३' को रिलिज सर्दा खुसि भएका छन् । न्युज पेज थ्री संग कुरा गर्दै उनले भने , 'छायांकनमा धेरै समय लागेकोले फिल्मको पोस्टप्रोडक्सनको काम निकै हतारमा गर्नु परिरहेको थियो । अब आनन्दले काम गर्न पाइने भयो ।'

उनि थप्छन्, 'पुन छायांकन गरेर बुधबार मात्र फर्किएको हामीलाई निकै चटारो थियो । सय दिन भन्दा बढी समय छायांकनमा बितेकाले हामीलाई पोस्टप्रोडक्सनको लागि प्रयाप्त समय नै थिएन । हतारमा रिलिज गर्दा धेरै कमीकमजोरी हुन्थ्यो । अब हुदैन ।'

चलिरहेको बेला हल बन्द भएको भए फिल्मलाई ठुलो क्षति पुग्त्यो भन्दै उनले भने, 'कोरोनाले प्रीम गीत ३ लाई घाटा भन्दा धेरै फाइदा भयो ।'

सन्तोष सेन संग गरिएको पुरा कुराकानी यस्तो छ :-
Powered by Blogger.