Header Ads

लकडाउको बेला बस्ती नै उर्लिएर सडकमा, वडा कार्यालय घेराउ...

बच्चा सहित सुत्केरी, अपाङग, बृद्धबृद्धा लगायतका मजदुर तथा विपन्न बर्गका व्यक्तिहरुले राहत माग्दै आज (सोमबार) पोखरा महानगरपालिका कार्यालयमा घेराउ गरेका छन्। पोखरा ९ स्थित कृष्णटोल निवासि अधिकांश विपन्न बर्गका व्यक्तिहरुले वडा हुदै महानगरको कार्यालयमा सोमबार दिनभर जसो घेराउ तथा धर्ना दिएका हुन् ।

कृष्णटोलमा १ सय ९४ घर धुरी मध्य सवैले राहत नपाएको र केहीले पाएको राहत समेत हाल सकिएकोले राहत माग्न वडा हुदै महानगरपालिका कार्यालयमा धाउन परेको सुनिता सुनारले बताइन् ।


काखमा ४ महिनाको बच्चा च्याप्दै राहत माग्न आएकी सुनारले पहिला पाएको राहत दुई घर परिवारले बाडेर खाएकोले हाल राहत सकिएकोले राहत माग्न वडा हुदै महानगरमा धर्ना दिनु परेको गुनासो गरिन् । उनले भनिन“ म सुत्केरीले बच्चाको लागि भए पनि पोषिलो खुराक खानुपर्ने बेलामा एक छाक दाल भात पनि खान पाएकीछैन, हामी गरिबको मर्का कस्ले बुझ्छ । ”

पोखरा ९ नयाँबजार हाल बस्दै आएकी २ महिनाकी सुत्केरी सिता परियारले हालसम्म राहत पनि नपाएको गुनासो गर्दै राहत पाउने आशमा महानगरमा आएको बताइन् । उनले भनिन“ मेरा श्रीमान बिरामी छन, मसंग एक पैसा छैन, कि कलाई काभ्रे पठाउने व्यबस्था गर्नु पर्यो हामीलाई राहत दिनु पर्यो ।”

पोखराको कृष्णटोल, पार्वतीटोल, शान्तिनगर, महेन्द्रपुल, नयाँबजार लगायतका मजदुहरुले राहत माग्दै पोखरा महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा आइतबार घेराउ गरे पनि राहत नपाए पनि पुनः भोलिपल्ट सोमबार वडाकार्यलयमा केही बेर घेराउ गर्दैै महानगरमा घेराउ तथा धर्नादिन पुगेका थिए ।

 करिब एक सय ५० जना भन्दा बढीको सङख्यामा राहत माग्न पुगेका उनीहरुले राहत नपाएसम्म घर नजाने भन्दै महानगरमा करिब ४ः३० बजेसम्म घेराउ गरेका थिए ।
Powered by Blogger.