बीभत्स सामूहिक हत्याको पर्दाफास, गृहमन्त्रीका भाइ गिरफ्तार
काठमाडाैं, २ वैशाख । पाँचथरको आरुबोटेमा नौ जनाको सामूहिक हत्या अनुसन्धान प्रहरीले सफल तुल्यायो ।
जेठ ७ गते राति दुई परिवारका नौ जनाको बीभत्स हत्याले गाउँ नै त्रसित बनेपछि केन्द्रबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन एसपी उमा चतुर्वेदीको कमान्डमा खटिएको टोलीले अनुसन्धानलाई पूर्णता दियो।
जेठ ७ गते राति दुई परिवारका नौ जनाको बीभत्स हत्याले गाउँ नै त्रसित बनेपछि केन्द्रबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन एसपी उमा चतुर्वेदीको कमान्डमा खटिएको टोलीले अनुसन्धानलाई पूर्णता दियो।

स्थानीय मानबहादुर माखिमले पत्नीसँग सम्बन्धविच्छेद गर्नुपरेकै कारण ससुराली र साढुदाइको परिवारका नौ सदस्यको हत्या गरेको रहस्य खुलेको थियो । मानबहादुरले पनि आत्महत्या गरेपछि घटना अनुसन्धान पेचिलो बन्यो । तर, घटनासँग मिल्ने प्रमाण जुटेपछि उनैले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको थियो ।
सत्तामा रहेका बखत सकेसम्म आसेपासे र आफन्तलाई जोगाउने प्रवृत्ति यसपटक भने केही हदसम्म रोकियो । प्रहरी प्रशासनलाई नै निर्देश गर्ने गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश गिरफ्तार भए ।
कारण, कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका कैदी समीरमानसिंह बस्न्यातसँगको सम्बन्ध । तत्कालीन प्रहरी नेतृत्व सर्वेन्द्र खनालले गृहमन्त्रीकै भाइ पक्राउ गर्नुपर्ने अवस्था आएपछि थापालाई भेटेका थिए ।
अपराधमा जोसुकै भए पनि नछाड्ने निर्देशन दिएका थापाले भाइ नरेशको गिरफ्तारीमा लालमोहर त लगाए तर प्रहरी नेतृत्वसँग उनको चरम असन्तुष्टि देखा पर्यो । धम्की दिएर चन्दा असुली गर्ने गिरोहसँग नरेशको फोन सम्पर्कदेखि भेटघाटसम्मको रहस्य खुलेपछि उनी अहिले पुर्पक्षमा छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
