अबको लकडाउन अवस्था र आवश्यकता हेरेर फरक ढंगको हुने
काठमाडौं, १४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको लकडाउन मानिसहरूको आवत जावतको अवस्था र आवश्यकता हेरेर फरक फरक ढंगको हुने बताएको छ ।
अहिले संक्रमणको अवस्था नियन्त्रणतर्फ गइरहेको भन्दै मन्त्रालयले अबको केही दिनपछि परीक्षणको काम सकिने र त्यही अनुसार लकडाउनको व्यस्थापन गरिने जनाएको छ ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासंग कुरागर्दै स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा.खेम कार्कीले आज बस्ने मन्त्रिपरिषदको बैठकमा लकडाउनबारे निर्णय गर्ने बताए ।
उनले मन्त्रालयले मानिसहरूको भिडभाड र जिल्लाहरूको अवस्थादेखि उत्पादन क्षेत्रलाई हेरेर लकडाउन खुकुलो बनाउन सिफारिस गरिएको बताए ।
डा.कार्कीले कलकारखानाहरू सन्चालन गर्ने र कृषिकाकामहरू नरोक्ने विषयमा निश्चित दुरी कायम गरी निर्माणका कामहरू पनि अगाडि बढाएर जान सकिने गरी लकडाउनलाई खुकुलो बनाइने जानकारी दिए ।
उनले सुचारु हुने सवै क्षेत्रमा आवस्यक स्वास्थ्यकर्मी र परीक्षणको व्यवस्था गरी सवै क्षेत्रमा स्वास्थ्यकर्मीहरू खटाउने बताए । एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने, साना सवारी साधानहरू चलाउन दिने र स्कुल, कलेज नखोल्नेदेखि सीमालाई थप कडाई गर्ने कार्कीको भनाई छ ।
‘कही पनि संक्रमण देखियो भने फेरि लक डाउन गर्छौ । आजको मन्त्रिपरिषदललाई यस्ता सुझाव दिएका छौँ’, उनले भने, ‘हिमाली भेगहरूमा त्यस्तो संक्रमण नदेखिएकाले केही खुकुलो हुन्छ । केही अधिकारहरू स्थानीय तहलाई थपिनेछ ।’