लकडाउनका एक महिना पूर्वतयारी चुस्त नहुँदा विस्तार हुँदै संक्रमण
काठमाडाैं, १३ वैशाख । नेपालमा कोरोना देखिएको तीन महिनाको अवधिमा नौ हजार चार सय सात नमुना पिसिआर विधिबाट परीक्षण भएको छ । र्यापिड विधिमार्फत भने थप ३८ हजार ८९ नमुना परीक्षण भएको छ । कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न पिसिआर विधिलाई आधिकारिक मानिन्छ । आरडिटीमा कोरोना पोजेटिभ देखिएकाहरूको पनि पुष्टि गर्न पिसिआर विधिबाट परीक्षण गरिन्छ ।
पछिल्ला २४ घन्टामा तीन हजार सात सय ९१ नमुना र्यापिड टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर १५ वटा पिसिआर उपकरणमार्फत कोरोनाको परीक्षण भइरहेको छ । तर, आवश्यक मात्रामा नमुना नहुँदा दैनिक बढीमा पाँच सयसम्म पिसिआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । आरडिटी परीक्षण भने ७७ जिल्लामा पुगेको छ ।
अहिले देशभरका क्वारेन्टाइनमा १२ हजार नौ सय ८५ जना छन् । त्यस्तै, आइसोलेसनमा ८९ जना रहेको प्रवक्ता देवकोटाले बताए । नेपालमा कोरोनाको पहिलो केस देखिएको १० माघ ०७६ मा हो । चीनबाट आएका जनकपुरका एक विद्यार्थीमा संक्रमण देखिएको थियो । त्यसको ठीक दुई महिनापछि दोस्रो केस देखापरेको थियो । फ्रान्सबाट आएकी काठमाडौंकी प्रसिद्धि श्रेष्ठमा कोरोना संक्रमण देखिएपछि सरकारले ११ चैतदेखि लकडाउन गरेको थियो । त्यतिखेर पहिलो बिरामी निको भएर घर फर्किसकेका थिए । लकडाउनको दुई सातासम्म संक्रमित थोरै भए पनि पछिल्लो दुई हप्तामा संख्या बढ्दै गएको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको बिहीबार एक महिना पुगेको छ । तर, पूर्वतयारी चुस्त नहुँदा संक्रमणको जोखिम झन्झन् बढ्दै छ । पछिल्लो चार दिनमा मात्र १८ नयाँ संक्रमित भेटिएका छन् । देशभर कुल संक्रमितको संख्या ४९ पुगेको छ । सरकारले परीक्षणलाई व्यापकता दिन सकेको छैन ।
फ्रान्सबाट आएकी प्रसिद्धि श्रेष्ठमा कोरोना संक्रमण देखिएपछि सरकारले ११ चैतदेखि लकडाउन गरेको थियो । त्यतिवेलासम्म दुईजनामा मात्र संक्रमण देखिएको थियो, एकजना निको भएर घर फर्किसकेका थिए । लकडाउनको दुई सातासम्म संक्रमित थोरै भए पनि पछिल्लो दुई हप्तामा संख्या बढ्दै गएको छ ।
संक्रमण बढ्दै गएपछि सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने तयारी गरेको छ । लकडाउनपछिको व्यवस्थापनमा चुक्दा विपत्को समयमा सरकारप्रति नागरिकको विश्वास भने खस्किँदै गएको छ । नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र अर्जुन अधिकारीले समाचार लेखेका छन् ।