कतार र युएईबाट स्वास्थ्य सामग्री सहयाेग: औषधि ल्याएकाे विमान तरकारी लिएर फर्कियाे
काठमाडौं, १७ वैशाख ।
कतार र युएईले नेपाललाइ सहयाेग स्वरूप पठाएका स्वास्थ्य सामग्री काठमाडाैं आइपुगेकाे छ।
कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप ८ टन मेडिकल सामाग्री पठाएका हुन् ।
पीपीई, पीसीआर टेस्ट किट, मास्क, भीटीएम, सीआरआरटी मेसिन, सर्जिकल ग्लब्स, अक्सीजन प्लान्ट लगायत १४ प्रकारका स्वास्थ्य सामाग्री नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।
यस्तै युएईले पनि इतिहादकाे वाइडबडी विमानमा चार्टर गरेर करिब १२ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ ।
ती सामाग्री पनि स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतलाई नै विमानस्थलमै बुझाइएको थियो ।
कतार एयरवेजको वाइडबडी उक्त विमान सवा ५ बजे २९ सय ९८ किलो तरकारी बोकेर दोहा फर्किएको थियो ।