Header Ads

कुवेतमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २४ पुग्यो

काठमाण्डौ ।


कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो ।

 योसँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ ।

यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

 सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको सिलवालले बताउनुभयो ।

Powered by Blogger.