Header Ads

खसीको मासु १८ सय रुपैयाँ किलोमा बेच्ने आईकालु मिट सेन्टर कारबाहीमा

काठमाडौं, २९ चैत । नयाँ बानेश्वरको आईकालु मिट सेन्टरलाइ सरकारले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

 वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा खसीको मासु प्रतिकिलो १ हजार ८ सयका दरले बेचेको पाइएको थियो ।

 उसलाई २ लाख रुपैयाँ जरिबाना गरिएको बिभागले जनाएको छ ।

 यस्तै कलंकीकाे चितवन खाद्य स्टाेर्सलाई बढी मूल्यमा सामान बेचेको कसुरमा २ लाख र नागार्जुन नगरपालिका ४ बाफलमा म्याद नाघेको सामान बेच्ने न्यू बि. के. स्टाेरलाई ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

Powered by Blogger.