प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजाको असन्तुष्टि : नागरिकको समस्याप्रति सम्बोधन नहुनु निराशाजनक
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी ओलीले मंगलबार देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले असन्तुष्टि जनाएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेको केही घण्टापछि सामाजिक सञ्जालमार्फत पूर्वराजा ज्ञानेन्द्रले असन्तुष्टि जनाएका हुन् ।
राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको भन्दै उनले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीको सम्बोधनमा जनताको समस्याप्रति सम्बोधन नभएको भन्दै ट्वीटरमा उनले लेखेका छन्, ‘ कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो।
राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’