जल तथा मौसम पूर्वानुमानका अनुसार बुधबार देशभरिको मौसम यस्तो रहने
काठमाडौं, १७ वैशाख । देशभरिको मौसम बुधबार पनि सामान्यतया बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव र पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको हो । बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसमविदले बताएका छन् ।
हाल देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।