नागढुंगामा सवारीका लागि सुन्दर यातायातले ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गर्ने
काठमाडौं, १५ वैशाख । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण हुने भएको छ । काठमाडौंमा विजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गर्न लागेको हो ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिस्इन्फेक्सन टनेल निर्माणका लागि संघ सरकार र स्थानीय चन्द्रागिरी नगरपालिकाबाट अनुमति पाइसकेको बताए ।
यस्तो टनेल निर्माणपछि काठमाडौं भित्रिने सवारीलाई नाकामा नै निसंक्रमण गरिनेछ । ‘मंगलबारबाट निर्माण सुरु गर्छौं,सबै सामग्रही तयारी अवस्था छ’ उनले भने,’तीन दिनभित्र टनेल सञ्चालनमा ल्याउने लक्ष्य छ ।’
नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्किङ नाकामा पनि निर्माण गर्ने योजना रहेको उनले बताए । टनेलको सञ्चालन स्थानीय प्रहरीले गर्ने सहमति भएको छ ।