Header Ads

मुम्बईमा एकै परिवारका आठ नेपालीमा काेराेना भाइरसकाे संक्रमण

नयाँदिल्ली, २९ चैत । भारतकाे मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएको छ ।

नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिनयता कोभिड–१९ संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवारका एक सदस्यले बताएका छन् ।


उनका अनुसार सुरुमा भाइलाई ज्वरो आएको थियो र पछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएकाे छ ।

पूरै परिवार एउटै घरमा बस्ने भएकाले अन्य सदस्यको त्यसपछि परीक्षण गराइएको थियो । नभन्दै अन्य ६ जनामा पनि संक्रमण देखियो ।

४३ वर्षीय ती व्यक्तिले परिवारका अधिकतर सदस्यमा संक्रमण देखिँदा सुरुमा त सबै जना निराश भएको बताए ।
Powered by Blogger.