कोरोनाले विदेशमा तीस नेपालीको ज्यान लियो, अमेरिका सबैभन्दा अगाडि
काठमाडौं, ८ वैशाख । नोवल कोरोना भाइरसका कारण विदेशमा रहेका ३० जना नेपालीहरूले ज्यान गुमाएका छन् ।
शनिबार साँझसम्मको तथ्यांकअनुसार विदेशका विभिन्न मुलुकमा रहेका नेपालीको संख्या ३० पुगेको छ । नेपालमा भने कोरोना भाइरसका कारण कसैको मृत्यु भएको छैन ।
गैरआवासीय नेपाल संघ (एनआरएनए)ले बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्यान्डमा एकजनाको ज्यान गएको जनाएको छ ।
आइतबार बेलुकीसम्म अमेरिकाको न्युयोर्कमा थप दुईजना नेपालीको कोरोनाकै कारण मृत्य भएको भएको छ ।
यसरी कोरोनाबाट मृत्यु हुने नेपालीको कुल संख्या ३० पुगेको छ ।
न्युयोर्कको एल्मरुट अस्पतालले ७२ वर्षीय ईन्द्रबहादुर राईको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुने नेपालीमा महेश अमात्य, पवन मल्ल, सोनाम लामा, अनिल लिम्बु, अजेय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा र थोक्मे बिष्ट रहेका छन् ।
संघले अहिलेसम्म कोरोना भाइरसबाट विभिन्न २० मुुलुकमा रहेका एक हजार एक सय ३५ जना नेपाली संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ ।

संघका अनुसार कोरोनाबाट सबैभन्दा बढी संक्रमित सात सयजना अमेरिकामा र सबैभन्दा बढी १७ जनाको बेलायतमा ज्यान गएको छ ।
बेलायतमा दुई सय, युएईमा ७१, आयरल्यान्डमा २२, बहराइनमा ४९, स्पेनमा १०, पोर्चुुगलमा २२, अस्ट्रेलियामा ११ रकुवेतमा २१ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।
जर्मनी, बेल्जियम र साउदी अरबमा चारचारजना, मलेसियामा तीनजना, जापान तथा फ्रान्समा एकएकजना नेपाली पनि संक्रमणको चपेटामा परेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणको आशंकामा २९ हजार ५ सय ६७ जनाको परीक्षण गरिएको छ ।
तीमध्ये ३१ जनामा कोरोना संक्रमण देखिएको छ । चारजना उपचारपछि घर फर्केका छन् भने २७ जना अझै विभिन्न अस्पतालमा उपचारार्थ छन् ।