Header Ads

Breaking News: काठमाडौंबाट यात्रु लिएर दोलखा हिँडेकाे बस रामेछापमा दुर्घटना

रामेछाप, १० वैशाख । काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जान लागेको पूर्व अरनिको यातायात समितिको बस दुर्घटनामा परेकाे छ ।

 बा २ ख ६८१८ नम्बरको यात्रुवाहक बस  बुधबार बिहान ४ बजे रामेछापको मन्थली नगरपालिका–६ मा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



 जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछापको मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा बुधबार बिहान बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

 दुर्घटनामा घाइते भएका सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अस्पतालका चिकित्सक डा.केशवसिंह धामीका अनुसार गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

अरु घाइते सामान्य अवस्थामा छन् । लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन थालेका बेला उक्त दुर्घटना भएको छ ।
Powered by Blogger.