Header Ads

मातेर दुई इन्स्पेक्टरले सशस्त्रको ब्यारेकभित्रै डीएसपीलाई कुटे

काठमाडौँ, १२ वैशाख । सशस्त्र प्रहरी बलका डीएसपी मानबहादुर शाहीमाथि मंगलबार राति कुटपिट भएको छ ।

शाही दुई प्रहरी इन्सपेक्टरबाट कुटिएका छन् ।

डीएसपी शाहीलाई इन्सपेक्टरद्वय केशव भट्टराई र दयाराम पौडेलले ब्यारेकभित्रै कुटपिट गरेका हुन् ।

शाही रुपन्देहीका गुल्मपति हुन् । घटना मंगलबार रातिकै भएपनि २ दिनपछि मात्र बाहिर आएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयअनुसार डीएसपीलाई मादक पदार्थ सेवन गरेर कुटिएको जनाएको छ ।

घटनाको अनुसन्धान गर्न ५ नम्बर प्रदेश बाहिनीले छानबिन समिति समेत गठन गरेको छ ।

घटनाको छानबिन हुने सशस्त्र प्रहरीले जनाएको छ ।
Powered by Blogger.