सांसद सुरेन्द्र यादव प्रकरणमा पूर्वआईजी खनालको बयान
काठमाडौं, ११ वैशाख । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले पार्टी विभाजनका सन्दर्भमा जनकपुरबाट काठमाडौं आउने क्रममा नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालले ल्याएको बयान दिएका छन् ।
रेणु यादवको नेतृत्वमा विभाजन हुन लागेको समाजवादी पार्टीका चाबीका रुपमा व्याख्या गरिएका डा. यादवले नाम लिएका मध्ये पूर्वआईजी खनालसँग दैनिक नेपालले सम्पर्क गरि सोधेको थियो, के तपाई यो प्रकरणका लागि जनकपुर पुग्नुभएको थियो ?
‘हो, पुगेको थिएँ । तर डा. यादवले बोलाएपछि सांसद बस्नेत, श्रेष्ठसँगै पुगेको थिएँ । जसरी प्रस्तुतीकरण गरिएको छ त्यस हिसाबले होइन । हार्दिकताका साथ पुगेको थिएँ’, खनालले भने ।
डा. यादव खनालका प्रशंशक पनि रहेको उनी निकटवर्तीहरूले बताएका छन् । स्वयं सांसद यादवले पनि खनालसँग राम्रो सम्बन्ध रहेको राजनीतिक बयानबाजी दिइरहेका छन् ।
अन्तिम अवस्थामा डा. यादवलाई समाजवादी पार्टीका डा. बाबुराम भट्टराई पक्षधरले विभाजनको विन्दुमा नपुग्नका लागि बारम्बार दबाब दिएको सतहमा आएको थियो । त्यसको एउटा विवरण समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदिप पाण्डेले भ्रम पर्नेगरी प्रचार गरेको ‘अपहरण’ प्रोपोगान्डा हो । डा. यादवले दिएका राजनीतिक वक्तव्यबाजीमा कहिँ पनि अपहरण भएको भन्ने उल्लेख गरेका छैनन् ।
‘अपहरण भएको भए कसरी विश्वदिपले कसरी भेट्ने थिए र ?’, डा. यादवका निकटवर्तीहरु भन्छन् । त्यसो भए भएको के थियो त ? पूर्वआईजी खनालले दैनिक नेपाललाई दिएको जानकारी यस्तो छ ।
लक डाउनमा फसेका मजदुरलाई गन्तव्यसम्म पुराउने विषयमा भक्तपुरमा सहजीकरणमा म पनि थिएँ । सोही बेला डा. यादवको फोन आएपछि जनकपुर निवासमा निम्तो भयो ।
राजनीतिक कुराकानी कुन तहबाट चलेको थियो, त्यसका विषयमा भन्नु परेन । म पनि यादवको निमन्त्रणामा उनको निवास जनकपुर पुगें ।
बिहान हामीलाई उहाँको न्यानो स्वागत भयो । खाजा, खाना राम्रैसँग खुवाउनुभयो । उहाँका बडीगार्डदेखि केही आफन्त पनि थिए । उहाँ काठमाडौं आउने कुरा तय भइसकेको थियो ।
समाजवादी पार्टीका प्रदेश सांसद कौशल यादव, डा. यादवका भिनाजु, उहाँका बडीगार्ड र ड्राइभर पनि काठमाडौं सँगै नै आएका हौं । डा. यादवको खुशीका आधारमा, निम्तोका आधारमा हामी पुगेका थियौं र उहाँ पनि आफ्नो चाहनाका आधारमा काठमाडौं आउनु भएको थियो ।
समाजवादी पार्टी विभाजनको चर्चा चलिरहेको र त्यसपछि बालुवाटारसँग सम्बन्ध कायम राख्ने उहाँको तयारी हुन सक्छ, केही राजनीतिक एजेन्डाका आधारमा आउनुभएको थियो ।
रातारात राजनीतिक समिकरण र दल एकताका विविध विषय चर्चामा रहे । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरणको विषय उठ्यो ।
दल विभाजन नगर्नका लागि समाजवादी पार्टीका विविध कित्ताबाट डा. यादवसँग कुराकानी भयो होला । उहाँले त्यसपछि मिडियामा फरक हिसाबले किन बयान दिनुभयो, यसबारेमा त्यत्ति जानकार छैन । तर, उहाँ र मेरो परिचयको आधार र हार्दिकता पहिल्यैदेखिको थियो । स्रोत : दैनिक नेपाल बाट