आज मिति २०७६ साल चैत २६ गते बुधबार, यस्तो छ आजको राशिफल
Aajako Rashifal Chaitra 26 | Today's Horoscope 8 April 2020 | aajako rashifal 2076 | rashifal today
मेष - आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा भने लाभ लिन नसकिएला ।
वृष - आय, व्यय, सुख, दुख, लाभ, हानी वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन राम्रै रहला । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन - नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।
कर्कट - रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । सेवा मूलक कार्यमा रुची बढ्नेछ ।
सिंह - अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो समय बित्नेछ । प्रेममा जीवनमा मधुरता छाउनेछ ।
कन्या - दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न घरायसी कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला ।
तुला - सोचेजस्तो लाभ हासिल गर्न केही समय अझै कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । स्वास्थ्य प्रति सचेत रहनुहोला ।
वृश्चिक - आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आर्थिक लाभको भरपुर कोसिस रहनेछ । प्रेममा सम्बन्धमापनि राम्रो हुनेछ ।
धनु - मनपरेको खनेकुरा खान पाईनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।
मकर - श्रमको उचित कदर हुनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा भने त्यति सफलता नमिल्ला ।
कुम्भ - स्वास्थ्य प्रति सजक रहनु होला । मनमा दुविधा उत्पन्न हुनेछ । मानशीक चिन्ता बढ्ला । विचार गरेर निर्णय लिनु नै बुद्धिमानी हुनेछ ।
मीन - कारेसाबारी र प्रकृतिसंग मन लाग्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोगपनि मिल्नेछ ।
