धनगढीमा भेटिए चौथो कोरोना संक्रमित, सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै !
काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
सिधा कुरा विशेष एपिसोडः चौथो व्यक्तिमा कोरोना संक्रमण, सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै !