Header Ads

कोरोना सङ्क्रमित पहिचान गर्ने मोबाइल एप सञ्चालनमा (भिडियो जानकारी सहित)

काठमाण्डौ । सरकारले कोरोना भाइरस सङ्क्रमितको पहिचानको लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यो एपको माध्यमबाट व्यक्ति आफैँले कोरोना भए/नभएको बारेमा जानकारी लिनसक्ने र तत्काल अस्पताल लैजान सकिने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । चीनबाट आवश्यक सामग्री आइसकेकाले अब छिट्टै अरु प्रदेशमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यो एपबाट देशभर कति क्वरेन्टीन र आइसोलेशन छन् भन्ने लगायतका विवरण थाहा पाउन सकिनेछ ।


यस्तै एउटा अस्पतालमा खोजिएको सुविधा आफू नजिकैको अस्पतालमा रहे नरहेको र अर्को कुन अस्पतालमा सुविधा छन् भन्ने कुरा खोज्न पनि एप सहयोगी हुने उहाँको भनाइ छ ।

यो एप तलको लिंक बाट डाउनलोड गर्नसकिन्छ: 
https://drive.google.com/file/d/1y__PcXUjHjChPVtGyAu7PY0u_hHFLkP-/view

Powered by Blogger.