लकडाउनमा रगत अभाव हुन नदिन टोल–टोलमै रगत संकलन
काठमाडौं, १८ चैत । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले कोरोना महामारीको संकटका वेलासमेत रगतको अभाव हुन नदिने जनाएको छ ।
भक्तपुर रेडक्रसले स्वयंसेवी रक्तदाताबाट टोल–टोलमै पुगेर रगत संकलन र व्यवस्थापनलाई सहज बनाउने प्रयत्न थालेको हो ।
शाखाका सभापति मनोजकुमार थापाले लकडाउनको अवधिमा समेत रगतको अभाव हुन नदिन यस्तो पहल गरिरहेको बताए । हाल दैनिक सयजनाभन्दा बढीले रगतको माग गर्ने गरेका छन् ।
सभापति थापाले भने, ‘सबैजना घरभित्र हुनुहुन्छ, रक्तदान कार्यक्रम पनि भएका छैनन्, यस्तो संकटको अवस्थामा पनि रगत निरन्तर व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ ।’ उनले रगत अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए ।
‘अभाव सिर्जना हुनुभन्दा पहिले नै रगतको व्यवस्थापन निरन्तर गरिरहेका छौँ, टोल–टोल तथा घरघरमा पुगेर रगत संकलन गरिरहेका छौँ,’ उनले भने ।
शाखाले भक्तपुरमा मात्र नभई काठमाडौंका विभिन्न स्थानमा समेत पुगेर रगत संकलन गरिरहेको उनले बताए । ‘रक्तदाता आफैँ पनि सम्पर्कमा आउनुहुन्छ, नियमित रक्तदातालाई फोन गरेर रक्तदानका लागि अनुरोध गरिरहेका छौँ,’ भक्तपुर रेडक्रसका मन्त्री पर्शुराम पाण्डेले भने ।