सुन तस्करीको गाडीमा पहिचान गर्न विशेष चिह्न ..प्रहरीका ठूला सुन अप्रेसन
काठमाडौं, २१ भदौ । ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देबे्रतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिर्आइपी ।
विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनिया अक्षरसंगै सानो अक्षरमाा भिआईपी लेखिएको थियो । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआईपीको थिएन ।
विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि लाई क्लियर गर्ने । आजको नागरिकमाा यो खबर छ ।
===========>>
रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए ।
कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो, यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रहरीका ठूला सुन अप्रेसन
१. ८८ केजी
१९ भदौ २०७४ मा महानगरीय अपराध महाशाखाद्वारा काठमाडौं क्षेत्रपाटीबाट ८८ केजीसहित एकजना पक्राउ ।
२. ३५ केजी
२५ असार २०७० मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३५ किलो सुन कोटेश्वरमा बरामद । सुनसहित गाडी चालक निमाछिरिङ तामाङ र सुनका मालिकद्वय मोहन अग्रवाल र ग्याम्जो लामा पक्राउ ।
३. ३३ केजी
२० पुस २०७३ मा सिआइबीले विमानस्थलबाटै तस्करीको ३३ किलो ५७७ ग्राम सुन बरामद गर्यो । जसमा प्रहरीकै एसएसपी तथा भन्सार कर्मचारीसमेत पक्राउ ।
४. २३ केजी
२९ मंसिर २०७१ मा भक्तपुरको जगातीमा २३ केजी सुनसहित कन्टेनर चालक बुद्धिबहादुर श्रेष्ठ पक्राउ ।
५. १८ केजी
१७ वैशाख २०७३ मा तातोपानी नाका हुँदै तस्करी गरेर ल्याइएको १८ केजी सुनसहित सिन्धुपाल्चोकको बाह्रबिसेमा तीनजना पक्राउ ।

A special sign to identify gold smuggling