कोमल वलीले यस्तो बोल्ड निर्णय गरेपछि राप्रपामा मच्चियो हंगामा
काठमाडौं । आगामी मंसिर महिनामा हुने प्रदेश चुनावमा गायिका तथा सञ्चारकर्मी कोमल ओली उठ्ने भएकी छिन् ।
बुधबार गायिका मञ्जु पौडेलको गीति भिडियो सार्वजनिक कार्यक्रममा कोमलले गृह जिल्ला दाङ क्षेत्र ३ बाट आउँदो प्रदेश चुनावमा प्रत्यक्ष रुपमा उठ्ने उद्घोष गरेकी हुन् ।
बुधबार गायिका मञ्जु पौडेलको गीति भिडियो सार्वजनिक कार्यक्रममा कोमलले गृह जिल्ला दाङ क्षेत्र ३ बाट आउँदो प्रदेश चुनावमा प्रत्यक्ष रुपमा उठ्ने उद्घोष गरेकी हुन् ।

‘म आउने चुनावमा उठ्दैछु सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहोला’, कोमलले भनिन्, ‘म देशकै सेवा गर्छु गीत पनि गाउँछु । प्रदेशको चुनावमा उठ्ने भएपनि कोमलले पार्टीको नाम भने उल्लेख गरिनन् ।
कोमल कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छिन् । कुन दलबाट उठ्ने भन्ने कुराको छलफल चल्दैछ, कोमलले भनिन् ।
कोमलको कुराबाट उनी राप्रपा परिवर्तन गर्ने सोचमा रहेको बुझ्न सकिन्छ । चर्चा अनुसार उनी एमालेमा प्रवेश गर्दैछिन् ।