Header Ads

सरकार र चिकित्सकबीचको टकरावले बिरामी मर्कामा

काठमाडौं, १० असोज । सरकार र चिकित्सकबीच टकरावले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरुले शुक्रबारदेखी आकस्किमबाहेकका सेवा बन्द गरी आन्देलन गरेका छन् ।


सरकार र चिकित्सकबीच सोमबार वार्ता भए पनि कुनै निष्कर्षमा पुगेन । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा।किरण रेग्मी र चिकित्सक संघका अध्यक्ष डा।मुक्तिराम श्रेष्ठलगायत पदाधिकारीबीच सोमबार करिब दुई घण्टा वार्ता भए पनि टुंगोमा पुग्न सकेन ।

सरकारी पक्षसँगको वार्ता विफल भएको र आन्दोलन जारी रहेको डा. श्रेष्ठले बताए । आजको कान्तिपुरमा खबर छ ।
Powered by Blogger.